भारतद्वारा ३९ एम्बुलेन्स र ६ वटा बस सहयोग | Khabarhub Khabarhub

भारतद्वारा ३९ एम्बुलेन्स र ६ वटा बस सहयोग


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारले नेपालका गैरनाफामूलक संघ संस्था तथा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप बस तथा एम्बुलेन्स प्रदान गरेको छ ।

भारतीय राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ३९ वटा एम्बुलेन्स र छ वटा बस सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

यसअघि भारतले नेपाल सरकारले निर्धारण गरेको मापदण्डानुसार निर्माण भएका ‘एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट’ गरी तीन किसिमका थप एम्बुलेन्स प्रदान गरेको थियो ।

हालसम्म भारतले ८६२ वटा एम्बुलेन्स र १६६ वटा स्कूल बस उपहारस्वरुप नेपालका सामाजिक सङ्घसंस्था र विद्यालयलाई प्रदान गरिसकेको छ ।

नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न तथा शिक्षक र विद्यार्थीको आवागमनमा सघाउन भारतले बर्सेनि केही एम्बुलेन्स र स्कूल बस उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ७ : १८ बजे

सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा

बङ्गलादेशमा युनुसको नेतृत्वमा चुनाव गर्न चुनौती

ढाका- विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे निरङ्कुश

जेन–जीलाई कर्णालीको सन्देश : आन्दोलनलाई अवसरमा बदलौँ

भदौ २३ को दिन नेपाली इतिहासमा एउटा महत्वपूर्ण मोडको रुपमा

चितुवाले आक्रमण गर्दा एक जनाको मृत्यु

नेपालगञ्ज– यहाँको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु

आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग

कर्णाली– कर्णाली प्रदेशका राजनीतिक दलका नेताहरूले जेन-जी प्रदर्शनका क्रममा भएका