खुल्ला मञ्चको सिटी बसपार्क बैशाख १५ देखि हटाइने « Khabarhub

खुल्ला मञ्चको सिटी बसपार्क बैशाख १५ देखि हटाइने


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खुल्ला मञ्चमा रहेको सिटी बसपार्क बैशाख १५ गतेदेखि हटाइने भएको छ ।

आज काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीविच सम्पन्न बैठकले वैशाख १५ देखि सो स्थानबाट बसपार्क हटाउने निर्णय गरेको हो ।

खुल्ला मञ्च खाली गराइ त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुल्ला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।

यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई २ वटा विकल्प दिइएको छ । ज्ञवालीले निर्णयका बारेमा जानकारी दिँदै भने, ‘टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् । पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिनेछ । यसका आधारमा निवेदक (यातायात सञ्चालक) हरुबाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।’

त्यहाँको बसपार्क सारेर बैशाख १५ गतेभित्र महानगरले त्यस ठाउँका सबै संरचना हटाउने तयारी थालेको छ ।

‘हामीले यस प्रयोजनका लागि धेरै पटक, सरोकारवालासँग छलफल गरेका छौँ ‘, सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्लेले भने, ‘हामी सिटी बस पार्कसँग सरोकार राख्नेहरुलाई सार्वजनिक सूचना दिने तयारी गरिरहेका छौँ ।’

बैठकमा यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुषाल, ट्राफिक प्रहरी महाशाखाबाट सुनिलजंग शाह, नगर प्रहरी उपरीक्षक धनपति सापकोटासहित अधिकारीहरु सहभागी भएका थिए ।

साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ टावर निर्माण हुने भएपछि निश्चित अवधिका लागि त्यस ठाउँबाट चल्ने सवारी साधनलाई खुलामञ्चमा सारिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १० : १५ बजे

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा