स्वच्छता व्यवस्था सुधार गर्न कतार एयरवेजमा अत्याधुनिक प्रविधि जडान « Khabarhub

स्वच्छता व्यवस्था सुधार गर्न कतार एयरवेजमा अत्याधुनिक प्रविधि जडान


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । कतार एयरवेज आफ्नो उडानमा स्वच्छता व्यवस्था सुधार गर्ने क्रममा हनिवेलको अल्ट्रा भायलेट (यूभी) क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै पहिलो एयरलाइन्स बनेको छ ।

कतार उड्डयन सेवा (क्यूएएस) को स्वामित्व रहेको र उक्त सेवाद्वारा सञ्चालित हनिवेल यूभी क्याबिन सिस्टमको सबैभन्दा नयाँ संस्करण यसको पूर्ववर्तीको तुलनामा थप सहजता वृद्धि गर्न, विश्वसनीयतामा सुधार ल्याउन, गतिशीलता बढाउन र यसको प्रयोगको सहजताका लागि जडान गरिएको एयरवेजले जनाएको छ । बिनामोटर स्वचालित यस उपकरणले कम ब्याट्री खपत गर्ने जनाइएको छ ।

क्लिनिकल परीक्षणहरूमा यूभी लाइटलाई राम्रोसँग प्रयोग गर्दा यसले विभिन्न भाइरस र ब्याक्टेरियाहरू निस्क्रिय पार्ने देखिएको पनि जनाइएको छ ।

हनिवेल यूभी क्याबिन सिस्टम भी २ को पछिल्लो संस्करणको १७ युनिटहरु प्राप्त गरेपछि सबै कतार एयरवेजको विमानमा उक्त उपकरणहरूको व्यापक परीक्षण गरिएको जनाइएको छ । एयरलाइन्सले यस नयाँ उपकरणलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा सबै विमानमा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ११ : ४९ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा