छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा भएका छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिकामा करेन्ट लागेर गएराति एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी थिइन् । करेन्ट लागेर गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि रुपनीस्थित युनिक अस्पताल लैजाँदा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

यस्तै सप्तरीको शम्भुनाथ नरपालिकास्थित सार्वजनिक पोखरीमा शुक्रबार डुबेर एक बालकको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–१२ बस्ने मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साहको डुबेर मृत्यु भएको हो ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १० : ५० बजे

प्रतिपक्षी र सरकारबीचको विवादले बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक

कर्णाली– कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

मधेस बजेट : स्थानीयतहलाइ १ अर्ब १० करोड

जनकपुरधाम– मधेश प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले प्रदेशसभामा अगामी आर्थिक वर्षको

मधेस बजेट : ऊर्जा सिचाई तथा खानेपानी मन्त्रालयलाई ४ अर्ब ४१ करोड 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

हिमाली गाउँमा जातीय विभेद र बालविवाह रोक्न धर्मगुरु परिचालन, टोलटोलमा जागरण अभियान

धनगढी- विकासको लहरसँगै पछिल्लो समय दुर्गम गाउँमा पनि विद्यालय बने

मधेस बजेट : शिक्षा तथा संस्कृति मन्त्रालयलाई ३ अर्ब ५७ करोड ६६ लाख 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३