आगामी रणनीति तय गर्न पाँच दलको संयुक्त बैठक बस्दै « Khabarhub

आगामी रणनीति तय गर्न पाँच दलको संयुक्त बैठक बस्दै


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक र मंसिरमा चुनाव घोषणा गरेलगत्तै विपक्षी दलहरू आगामी रणनीति तय गर्न छलफलमा जुट्दैछन् ।

काँग्रेस नेता बालकृष्ण खाँणका अनुसार शनिबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा कांग्रेससहित माओवादी केन्द्र, एमालेको माधव कुमार नेपाल खेमा, जसपाको उपेन्द्र यादव खेमा र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्न लागेको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीको असंवैधानिक कदमलाई चुनौती दिने गरी निर्णय हुने उनले बताए ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति ओलीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गर्दै प्रतिवादमा उत्रन आह्वान गरिरहेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १० : ३३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान