राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई जनताले क्षमा गर्दैनन् : नेता सिंह « Khabarhub

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई जनताले क्षमा गर्दैनन् : नेता सिंह


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पटक/पटक संविधान र  लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा दिन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनपछि सामाजिक सञ्‍जालमार्फत प्रतिक्रया दिँदै नेता सिंहले कोभिड-१९ महामारीका बेला देशको प्राथमिकतामा जनताको जीवन रक्षा गर्ने हुनुपर्नेमा एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा पछिल्लो घटनाले उदाङ्गो पारेको बताएका छन् ।

‘नेपाली जनता कोभिड-१९ महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो,’ उनले लेखका छन्, ‘तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ,’ नेता सिंहले भनेका छन्, ‘अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा श्‍य्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् ।’

प्रतिनिध सभा विघटन गर्ने कार्यले प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसदमाथि प्रहार  गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको भन्‍दै त्‍यसको जति भर्त्सना गरे पनि कम हुने उनको भनाइ छ ।

‘जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद् भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नु कुन मानवीयताले दिनसक्छ?,’ उनले भनेका छन्, ‘यो निकृष्ट कर्म हो । प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसद माथि प्रहार  गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटनाको जति भत्सर्ना गरेपनि कम नै हुन्छ । देशले कसैको सनक र  अंहकारको मूल्य चुकाउन सक्दैन । मध्यरातमा चालिएको असंवैधानिक कदमको म घोर भर्सना गर्दछु ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : २० बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका