राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई जनताले क्षमा गर्दैनन् : नेता सिंह | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई जनताले क्षमा गर्दैनन् : नेता सिंह


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पटक/पटक संविधान र  लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा दिन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनपछि सामाजिक सञ्‍जालमार्फत प्रतिक्रया दिँदै नेता सिंहले कोभिड-१९ महामारीका बेला देशको प्राथमिकतामा जनताको जीवन रक्षा गर्ने हुनुपर्नेमा एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा पछिल्लो घटनाले उदाङ्गो पारेको बताएका छन् ।

‘नेपाली जनता कोभिड-१९ महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो,’ उनले लेखका छन्, ‘तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ,’ नेता सिंहले भनेका छन्, ‘अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा श्‍य्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् ।’

प्रतिनिध सभा विघटन गर्ने कार्यले प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसदमाथि प्रहार  गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको भन्‍दै त्‍यसको जति भर्त्सना गरे पनि कम हुने उनको भनाइ छ ।

‘जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद् भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नु कुन मानवीयताले दिनसक्छ?,’ उनले भनेका छन्, ‘यो निकृष्ट कर्म हो । प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसद माथि प्रहार  गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटनाको जति भत्सर्ना गरेपनि कम नै हुन्छ । देशले कसैको सनक र  अंहकारको मूल्य चुकाउन सक्दैन । मध्यरातमा चालिएको असंवैधानिक कदमको म घोर भर्सना गर्दछु ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : २० बजे

लुम्बिनी प्रदेश सरकारद्वारा ३९ अर्बको बजेट प्रस्तुत

काठमाडौं– आगामी आर्थिक वर्ष ०८२/८३ का लागि लुम्बिनी प्रदेश सरकारले

होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं– पोखरा महानगरपालिका-३१बेगनासतालस्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक

स्कुटर दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

तनहुँ –पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज दिउँसो स्कुटर दुर्घटना

बजेटको आकार बढाएको मधेस प्रदेशको बजेटमा के छ ? (पूर्णपाठसहित) 

काठमाडौं– आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार ६.१३ प्रतिशतले मधेस

सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको लागि यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सडक दुर्घटना न्यूनीकरण