यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार तथा औषधि वितरण | Khabarhub Khabarhub

यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार तथा औषधि वितरण


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– जिल्लाको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ ।

साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राइढुङ्गी, माँझा, औलागाडलगायतका ठाउँमा रहेका यार्सा सङ्कलक, अस्थायी होटल व्यवसायी तथा भेडाबाख्रा व्यवसायीलाई निःशुल्क स्वास्थ्योपचार तथा औषधि वितरण गरिएको काँडा स्वास्थ्य चौकीले जनाएको छ ।

स्वास्थ्य चौकीका अहेव लोकेन्द्र जेठाराले स्वास्थ्यकर्मीको टोलीले यार्सा सङ्कलन क्षेत्रमा रहेका प्रत्येक पालमा गएर स्वास्थ्य उपचारका साथै निःशुल्क औषधी समेत वितरण गरेको बताए ।

उनले भने, ‘यार्सा सङ्कलन क्षेत्रमा चिसोका कारण ज्वरो आउने, रुगाखोकी लाग्ने, लेक लाग्ने, ग्याष्ट्रिक हुने, हाडजोर्नी दुख्नेजस्ता समस्या भएका बिरामी देखिएका छन् । गाउँपालिकाबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य समस्या देखिएका बिरामीका लागि निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श सेवा दिएका छौँ ।’

गाउँपालिकाले निःशुल्क स्वास्थ्य परामर्श तथा औषधि वितरण गर्न स्वास्थ्यकर्मीको टोली खटाएर राम्रो काम गरेको मष्टा गाउँपालिकाबाट यार्सा सङ्कलन गर्न औलागाड पुगेका खगेन्द्र बोहोराले बताए । उनले भने, ‘दिनानुदिन हिमपात भइरहेको छ । यार्सा सङ्कलन क्षेत्रमा फोहोर पानी खानुपर्ने बाध्यता छ । कहिलेकाहीँ त खाना पनि राम्ररी नपाकेरै खान्छौँ । कहिले हप्ता दिनसम्म पखाला चलेर पालमै बस्नुपर्ने बाध्यता हुन्छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरेर आफूहरुलाई ठूलो राहत भएको छ ।’

हिमाली क्षेत्रमा यार्सा सङ्कलन तथा अन्य व्यवसाय गर्नेमध्ये सात जनाको हाडजोर्नी दुख्ने, ११ जनाको टाउको दुख्ने र अरु सामान्य ज्वरो आएका बिरामी गरी जम्मा १५० जनालाई स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ४ : ३५ बजे

बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित

धनगढी– बझाङको खापरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ ।

राप्रपा नेपालको पदाधिकारी बैठक बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पदाधिकारी

कर्णालीमा खसेका व्यक्तिको उद्धारमा गएका ८ जना भीरमै अड्किए 

धनगढी– स्वामीकार्तिक खापर गाउँपालिका– २ फयाल गाउँका ३८ वर्षीय पुसे

किन गुरु सडकमा, के हुन् शिक्षकका माग ?

विद्यार्थीलाई ज्ञान बाढ्नुपर्ने गुरु प्राय हरेक वर्ष आन्दोलनका लागि काठमाडौं

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते 

धनगढी– बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।