शीर्ष नेतासँगको परामर्शमा सभामुख सापकोटा « Khabarhub

शीर्ष नेतासँगको परामर्शमा सभामुख सापकोटा


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनपछि सभामुख अग्नि सापकोटाले परामर्श थालेका छन् ।

सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदसँग आजैबाट परामर्श थालेको उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटनपछि सघन परामर्शमा रहेका सभामुखले आजै आफ्नो धारणा सार्वजनिक गर्ने सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा संसद विघटन गर्दा समेत सभामुख सापकोटाले विरोध जनाएका थिए ।

शुक्रबार मध्यराति ओली दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटाको धारणा बाहिर आएको छैन । नेकपा माओवादी केन्द्रको तर्फबाट सभामुख भएका सापकोटा प्रधानमन्त्री ओलीको हरेकअ असंवैधानिक कदमहरुको आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १ : २२ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका