संविधान र गणतन्त्र रक्षा गर्न सबै एक होऔँ– देउवा « Khabarhub

संविधान र गणतन्त्र रक्षा गर्न सबै एक होऔँ– देउवा


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र गणतन्त्र रक्षाका लागि सबै पक्ष एकजुट हुन आह्वान गरेका छन् ।

सभापति देउवाले विज्ञप्ति जारी गर्दै सरकारले संसद विगठन गर्दै चुनावको मिति तोकेको विषयमा ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाएका छन् ।

अहिलेको सरकार गठन भएपछि गैरसंवैधानिक काम मात्रै सरकारले गरेको सभापति देउवाले आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्रीले विश्वासको मत समेत नलिएको र राष्ट्रपतिले समेत त्यसमा सहयोग गरेको भन्दै राष्ट्रपतिले दिएको छोटो समयभित्रसमेत स्पष्ट बहुमतसहित १४९ जना सांसदको हस्ताक्षर बुझाए पनि नियुक्त नगरेको बताएका छन् ।

उनले भनेका छन्, ‘माननीय सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो । बरु एक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन् ।’

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गर्नु असंवैधानिक र अनैतिक काम भएको सभापति देउवाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘नेपालको संविधानको अक्षर र भावना अनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको संविधानलाई निजी सम्पती जस्तो ठानेको आरोप समेत सभापति देउवाले लगाएका छन् । ‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन् ।’ देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मध्यरातमा प्रतिनिधिसभाको हत्या गरेको भन्दै सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक काम गरेको समेत आरोप लगाएका छन् । ‘राष्ट्रपति र प्रधानमन्त्रीले षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेका छन् भन्ने नेपाली कांग्रेस ठहर गर्दछ ।’ विज्ञप्तिमा अघि भनिएको छ,‘नेपाली कांग्रेस यी सबै कार्यको घोर भर्त्सना र निन्दा गर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भई कार्य गर्न म आह्वान गर्दछु ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १ : १२ बजे

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट