म्यूजिकल प्लेमा ‘डिस्को डान्सर’ « Khabarhub

म्यूजिकल प्लेमा ‘डिस्को डान्सर’


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् १९८२ को सुपरहिट फिल्म ‘डिस्को डान्सर’को सफलतामा फिल्मको कथा र नृत्यको जति योगदान थियो, त्यति नै योगदान फिल्मको सुपरहिट हिटको पनि थियो ।

फिल्मको गीत ‘जिमी–जिमी’लाई आज पनि विश्वभर उत्तिकै रुचाइन्छ । यो फिल्म अब एक म्यूजिकल प्लेका रुपमा दर्शकमाझ आउनेभएको छ ।

आजतकका अनुसार प्रख्यात संगीतकार सलीम सुलेमान र गीतकार इरफान सिद्दीकीले फिल्मको राइट्स किनेका छन् ।

‘सन् २०१५ मा हामीले भारतमा पहिलो म्यूजिकल प्ले बनाएका थियौं । जुन अन्तर्राष्ट्रिय दर्शकका लागि थियो । त्यसपछि हामीले ‘मुगल ए आजम र ‘उमराव जान’को म्यूजिकल बनायौं । यसको सफलता पछि हामीले ‘सारेगामा’सँगै ‘डिस्को डान्सर’को पनि योजना बनाएर दर्शकमाझ ल्याउने तयारीमा थियौं । तर कोभिड महामारीले सबै तयारी अपुरो रह्यो’, सलीमले भनेका छन् ।

गीतको ओरिजिनल भर्सनमा बप्पी लहिरीको संगीत छ । गीतमा अभिनेता मिथुन चक्रवर्ती फिचर्ड छन् । फिल्मका निर्माता तथा निर्देशक बी सुभाष हुन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  २ : २० बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र