प्रतिनिधिसभाको पुन: विघटन गैरसंवैधानिक कदम : कानून व्यवसायी मञ्च | Khabarhub Khabarhub

प्रतिनिधिसभाको पुन: विघटन गैरसंवैधानिक कदम : कानून व्यवसायी मञ्च


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक कानून व्यवसायी मञ्चले प्रतिनिधिसभाको पुनःविघटन गैरसंवैधानिक रहेको निष्कर्ष निकालेको छ ।

मञ्चका तर्फबाट अध्यक्ष राजुप्रसाद चापागाईं र अनन्तराज लुइटेले विज्ञप्ती जारी गर्दै सरकारको विकल्प खोज्ने संवैधानिक व्यवस्थाविपरित अल्पमतको प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभालाई पुनः विघटन गरी निर्वाचनको मिति तोक्ने कामप्रति गम्भीर आपत्ति प्रकट गरेको हो ।

वैकल्पिक सरकार गठन हुन सक्ने वा नसक्ने कुरा प्रतिनिधिसभाबाट निर्क्योल नहुँदै मनोगत तथा आत्मनिष्ठ तर्क र अनुमानको आधारमा गरिएको प्रतिनिधिसभा विघटनले संसद विघटन सम्बन्धी सर्वोच्चले स्थापित गरेको नजिरहरुको गम्भीर उल्लंघन हुन गएको मञ्चको ठहर छ ।

मञ्चले प्रतिनिधिसभा पुनःस्थापित गरेर राजनीतिक प्रक्रियालाई संविधानवादको मातहतमा ल्याउनुको अर्को कुनै वैधानिक विकल्प नरहेको समेत निष्कर्ष निकालेको छ ।

‘संविधानको संरक्षकका रुपमा रहेको राष्ट्रपति नै नियन्त्रण र सन्तुलनको भूमिका खेल्न असफल हुँदा एक पछि अर्को संवैधानिक मूल्यमान्यता मिचिने र संवैधानिक प्रणालीले नै गम्भीर मार खेप्नु पर्ने अवस्था सिर्जना भएको प्रति मञ्च चिन्तित बनेको छ ।’ मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ४ : ४५ बजे

लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र