प्रतिनिधिसभाको पुन: विघटन गैरसंवैधानिक कदम : कानून व्यवसायी मञ्च « Khabarhub

प्रतिनिधिसभाको पुन: विघटन गैरसंवैधानिक कदम : कानून व्यवसायी मञ्च


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक कानून व्यवसायी मञ्चले प्रतिनिधिसभाको पुनःविघटन गैरसंवैधानिक रहेको निष्कर्ष निकालेको छ ।

मञ्चका तर्फबाट अध्यक्ष राजुप्रसाद चापागाईं र अनन्तराज लुइटेले विज्ञप्ती जारी गर्दै सरकारको विकल्प खोज्ने संवैधानिक व्यवस्थाविपरित अल्पमतको प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभालाई पुनः विघटन गरी निर्वाचनको मिति तोक्ने कामप्रति गम्भीर आपत्ति प्रकट गरेको हो ।

वैकल्पिक सरकार गठन हुन सक्ने वा नसक्ने कुरा प्रतिनिधिसभाबाट निर्क्योल नहुँदै मनोगत तथा आत्मनिष्ठ तर्क र अनुमानको आधारमा गरिएको प्रतिनिधिसभा विघटनले संसद विघटन सम्बन्धी सर्वोच्चले स्थापित गरेको नजिरहरुको गम्भीर उल्लंघन हुन गएको मञ्चको ठहर छ ।

मञ्चले प्रतिनिधिसभा पुनःस्थापित गरेर राजनीतिक प्रक्रियालाई संविधानवादको मातहतमा ल्याउनुको अर्को कुनै वैधानिक विकल्प नरहेको समेत निष्कर्ष निकालेको छ ।

‘संविधानको संरक्षकका रुपमा रहेको राष्ट्रपति नै नियन्त्रण र सन्तुलनको भूमिका खेल्न असफल हुँदा एक पछि अर्को संवैधानिक मूल्यमान्यता मिचिने र संवैधानिक प्रणालीले नै गम्भीर मार खेप्नु पर्ने अवस्था सिर्जना भएको प्रति मञ्च चिन्तित बनेको छ ।’ मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ४ : ४५ बजे

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट