देउवाको समर्थनमा हस्ताक्षर गर्ने सांसदलाई नागरिकतासहित उपस्थित हुन निर्देशन « Khabarhub

देउवाको समर्थनमा हस्ताक्षर गर्ने सांसदलाई नागरिकतासहित उपस्थित हुन निर्देशन


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका १४९ सांसदलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।

विपक्षी पाँच दलिय गठबन्धनको शनिबार सिंहदरबारमा बसेको बैठकले देउवाको समर्थनमा हस्ताक्षर गर्ने सांसदहरुलाई आइतबार बिहान नागरिकतासहित सिंहदरबारमा उपस्थित हुन भनेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाले सांसदहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध विपक्षी गठबन्धनले कानुनी र राजनीति रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ७ : ०३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा