माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय « Khabarhub

माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले आफ्नो दलका नेताविरुद्ध उभिएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २६ सांसद मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेससहित माओवादी केन्द्र, जसपा (यादव–भट्टराई पक्ष) का साथै नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए । तर, नेपाल पक्षका केही सांसदले भने आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी दिएका थिए ।

यी हुन् स्पष्टीकरण सोधिएका ११ सांसद

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण र कलिला खान ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ७ : २३ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका