ओलीविरुद्ध विपक्षीको मोर्चाबन्दी, आइतबार अदालत जाने तयारी « Khabarhub

ओलीविरुद्ध विपक्षीको मोर्चाबन्दी, आइतबार अदालत जाने तयारी


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध मोर्चाबन्दी गरेका विपक्षी दलहरू अदालत जानेका भएका छन् ।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी नेपालको (उपेन्द्र यादव–बाबुराम भट्टराई) पक्ष र राष्ट्रिय जनमोर्चाले मोर्चाबन्दी गरेका हुन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटनको कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको निष्कर्ष विपक्षी गठबन्धनले निकालेको छ । संसद विघटनविरुद्ध कानुनी उपचार खोज्दै उनीहरूले आइतबार (भोलि) सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

विपक्षी गठबन्धनको शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एक भई प्रतिवाद गर्ने निर्णय गरेको छ । उनीहरूले संसद विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : १४ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट