ओलीविरुद्ध विपक्षीको मोर्चाबन्दी, आइतबार अदालत जाने तयारी « Khabarhub

ओलीविरुद्ध विपक्षीको मोर्चाबन्दी, आइतबार अदालत जाने तयारी


८ जेष्ठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध मोर्चाबन्दी गरेका विपक्षी दलहरू अदालत जानेका भएका छन् ।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी नेपालको (उपेन्द्र यादव–बाबुराम भट्टराई) पक्ष र राष्ट्रिय जनमोर्चाले मोर्चाबन्दी गरेका हुन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटनको कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको निष्कर्ष विपक्षी गठबन्धनले निकालेको छ । संसद विघटनविरुद्ध कानुनी उपचार खोज्दै उनीहरूले आइतबार (भोलि) सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

विपक्षी गठबन्धनको शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एक भई प्रतिवाद गर्ने निर्णय गरेको छ । उनीहरूले संसद विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ११ : १४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका