विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त « Khabarhub

विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् ।

संसदमा सोमबार भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उनलाई विदा गर्ने पक्षमा मत जाहेर गरेका थिए ।

मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो ।

स्वीडेनको संसदमा अहिले ३४९ जना सांसद रहेका छन । तीमध्ये १०९ जना मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए ।

स्वीडेनको संसदले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद जोगिएको छ । संसद विघटन भएको भए निर्धारित समयभन्दा एक बर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो ।

विपक्षीहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उनी स्वीडेनको पहिलो प्रधानमन्त्री भएको छ ।

बामपन्थी कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो ।

अर्पाटमेन्टका सम्वन्धमा भएको विवादका कारण उनीहरुले समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता नलिनका लागि प्रधानमन्त्री लोफभेनले पटक पटक आग्रह गर्दा पनि उनीहरुले अस्वीकार गरेपछि संसदमा मतदान भएको थियो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : ०५ बजे

सुरु भयो रातो मच्छिन्द्रनाथको रथयात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबारदेखि

शिक्षामन्त्रीको अपरिपक्व निर्णय श्रृंखलाले बालेन सरकारलाई नै पार्दैछ अप्ठ्यारोमा

काठमाडौं- फागुन २१ गतेको निर्वाचनताकाबाटै चर्चामा थिए सस्मित पोखरेल ।

यूएईद्वारा नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– यूएईले नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुनसक्ने

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका

सुधारमार्फत योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान सुदृढ गरिने : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ले राष्ट्रिय योजना आयोग र नीति