गरिव देशमा खोपको चरम अभावले अभियान नै रोकियो : डब्ल्युएचओ « Khabarhub

गरिव देशमा खोपको चरम अभावले अभियान नै रोकियो : डब्ल्युएचओ


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  गरिब देशहरुले कोरोना भाइरसविरुद्धको खोप अभाव हुँदा खोप अभियान नै रोकिएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

खोपको समान पहुँच सुनिश्चित गर्नका लागि सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत खोप पाइरहेका धेरै गरिब देशहरुमा खोप सकिएपछि अभियान नै रोकिएको डब्ल्युएचओले जनाएको छ ।

डब्ल्युएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड खोप १ सय ३१ वटा देशमा वितरण भए पनि पर्याप्त हुन नसकेको बताएका छन् ।

युगान्डा, जिम्बाब्वे, बङ्गलादेश र ट्रिनिडाड एण्ड टोबागोमा खोप अभावले अभियान रोकिएको छ ।

सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले धनी देशहरुलाई खोपमा गरिरहेको अवरोध अन्त्य गर्न अपील गरेका थिए ।

अफ्रिका महादेशमा अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको मात्रै चार करोड मात्रा लगाइएको छ । यो कुल जनसंख्याको दुई प्रतिशत भन्दा कम भएको बीबीसीले उल्लेख गरेको छ ।

धनी देशहरुले गरिब देशका लागि खोप खरिद गरेर समान रुपमा वितरण गर्ने उद्देश्यसहित गएको वर्ष कोभ्याक्स अभियान घोषणा भएको थियो ।

गरिब देशका कम्तीमा २० प्रतिशत जनताका लागि खोप उपलब्ध गराउने कोभ्याक्स अभियानको लक्ष्य छ । तर, उत्पादनमा भएको ढिलाइले आपूर्तिमा गम्भीर असर परेको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : ५० बजे

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने

शुक्लाफाँटामा तीन सयभन्दा बढी कृष्णसार, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु

जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर

जुम्ला– जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६

मधेस सरकारको ११ महिनामा पुँजीगत खर्च १३ प्रतिशत

जनकपुरधाम– चालु आर्थिक वर्ष २०८२-८३ सकिन एक महिना मात्र बाँकी

हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् काटिने

बागमती– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले औद्योगिक क्षेत्रभित्र सञ्चालित