काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा थप खुकुलो, के गर्न पाइने, के नपाइने ?  (आदेशसहित) « Khabarhub

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा थप खुकुलो, के गर्न पाइने, के नपाइने ?  (आदेशसहित)


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा आजबाट थप खुकुलो पारिएको छ ।

आजदेखि नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागू गरी सञ्चालन गर्न दिइएको छ । नीजि सवारी साधनहरु ट्याक्सी र मोटरसाइकल/स्कुटी जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न दिइएको हो । त्यस्तै पसलहरुलाई बिहान ११ बजेदेखि ४ बजेसम्म बार अनुसार सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

यसैगरी आइतबार, मंगलबार र बिहीवार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल(मोबाइल तथा कम्युटर पसल) खोल्न दिइनेछ ।

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्टल स्टोर(ग्रोसरी बाहेक अन्य), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङ खुल्न दिइने निर्णय भएको छ ।

त्यस्तै खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि गर्ने पसलहरु तथा डिपार्टमेन्टल स्टोर(ग्रोसरी), पुस्तक पसल/स्टेशनरी पसल दैनिक ११ बजेसम्म खोल्न दिइनेछ ।

निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि अपरान्ह ६ बजेसम्म र अनलाइन डेलिभरी/टेक अवे र सवारी साधन मर्मत वर्कशप साँझ ७ बजेसम्म खोल्न दिइने छ ।

विकास निर्माण र सर्वाजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्युनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह सुचारु गर्ने निर्णय पनि भएको छ ।

यी क्षेत्रमा प्रतिबन्ध कायमै

भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्था कायमै रहने भएको छ।

फुटपाथ र खुला ठाउँमा हुने व्यापारलाई पनि रोक लगाइएको छ। होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ। नित्यकर्म बाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन। भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ।

यस्तै, सार्वजनिक सवारीका साधनहरुको सञ्चालनमा पनि रोक लगाइएको छ। अत्यवश्यक सावारी, एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेकका अन्य जिल्लाबाट पास बिहिन सवारीका साधान काठमाडौं उपत्यकामा प्रवेश रोक लगाइेको छ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : ५४ बजे

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको