ट्र्याक्टर खस्दा सहचालकको मृत्यु | Khabarhub Khabarhub

ट्र्याक्टर खस्दा सहचालकको मृत्यु


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान ६ बजेतिर ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

ट्र्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनको नाम ठेगाना खुलाइएको छैन ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ११ : ०१ बजे

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर – मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका

अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

पर्सा – मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन‍– नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा