‘गणपत’मा टाइगर ‘बक्सर’ « Khabarhub

‘गणपत’मा टाइगर ‘बक्सर’


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– अभिनेता टाइगर श्राफ हालका दिनमा आगामी फिल्म ‘गणपत’को तयारीमा व्यस्त छन् । यो फिल्ममा टाइगर ‘बक्सर’को भूमिकामा देखिँदैछन् ।

विकास बहलले निर्देशन गर्ने फिल्ममा टाइगरको अपोजिटमा कृति सेनन हुनेछिन् । टाइगर आगामी सेप्टेम्बर २० बाट सुरु हुने यो फिल्मको सुटिङको तयारीमा जुटिसकेका छन् ।

फिल्मको सुटिङका लागि निर्देशक विकास र टाइगर उत्साहित छन् । फिल्मको सुटिङ गत वर्षको अन्त्यमा सुरु हुने भनिए पनि कोरोना महामारीका कारण सुटिङ रोकियो ।

‘भारतमा कोरोना महामारी विस्तारै नियन्त्रणमा आइरहेको र सेप्टेम्बर २० सम्ममा अवस्थामा सामान्य हुने समय पर्याप्त रहेकाले फिल्म निर्माण टिमले यो समय छनोट गरेको हो’, फिल्म निकट स्रोतले भनेको छ ।

स्पोर्टस ड्रामामा आधारित फिल्म ‘गणपत’ले शुन्य तहबाट संघर्ष गरेर सफलताको शिखर चुमेको एक बक्सरको कथा देखाउनेछ । यसबाहेक फिल्मले बाबुछोराको भावनात्मक बोण्डिङलाई पनि देखाउनेछ ।

फिल्मका लागि टाइगर यतिबेला मार्सल आर्टिष्टको मद्दतमा बक्सिङ सम्बन्धी तालिम लिइरहेका छन् । उनी मिक्स मार्सल आर्टस सिकिरहेका छन् ।

विकासले टाइगरलाई अहिलेसम्म कुनै पनि फिल्ममा नदेखिएको अवतारका रुपमा प्रस्तुत गर्ने तयारीमा छन् । फिल्ममा टाइगरको नाम ‘गणपत’ हुनेछ । निर्माताले ‘गणपत’ एक फ्रेञ्चाइजी फिल्म रहेको खुलाउदै फिल्ममा हलिउडस्तरको एक्सन हुने दाबी गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १२ : ०० बजे

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम