जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा « Khabarhub

जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ । जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको प्रहरीको भनाइ छ । स्नानकक्ष, शौचालय र खानेपानीको समस्या पनि उस्तै छ ।

आफ्नै भवन भएको ठाउँमा समेत छाना चुहिँदा बस्न योग्य नभएको प्रहरीले गुनासो पटक–पटक गरे पनि मागको सुनुवाइ भएको छैन । चुहिने कच्ची भवनमा सास्तीका साथ दैनिक सेवामा जुटिरहेको प्रहरीले बताएको छ । जिल्ला सदरमुकामको भेरी नगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको भवन जीर्ण हुँदा कतिखेर भत्किन्छ भनेर रातभरि प्रहरीलाई निद्रा नलाग्ने गरेको बताउँछन् ।

प्रहरी नगरपालिकाको स्यालामा भाडाको भवनमा बसिरहेको छ । त्यस्तै वडा नं १ रिम्नामा आफ्नै भवन भए पनि खानेपानीको अभावमा समस्या हुँदै आएको जाजरकोटका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक मधु थापाले बताउनुभयो । भेरी–११ जगतीपुर, वडा नं १२ मटेला, वडा नं १३ मा खरको छानो चुहिने खानेपानी र शौचालयको समस्या रहेको छ । भेरी–३ ठाटीमा भवन अभाव तथा पहिराको जोखिममा रहेका कारण समस्या हुँदै आएको छ ।

पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ गर्खाकोटमा भाडाको घर र वडा नं ९ पन्चाला दहमा जीर्ण भवनमा बसेर काम भइरहेको र शौचालयको समस्याले गर्दा हैरान भएको प्रहरीले बताएका छन् । बारेकोट गाउँपालिकाको वडा नं १, २, ५ र ८ मा भाडाको भवनमा बस्न बाध्य भएको प्रहरीले बताएका छन् ।

त्यस्तै नलगाड नगरपालिका–८ मैदेमा भाडामा रहेको भवनमा शौचालय नहुँदा समस्या भएको छ । वडा नं ११ मा समेत भाडामै घरमा प्रहरी चौकी छ । कुशे गाउँपलिका–३ अछार्नीमा रहेको प्रहरी चौकीमा स्नानकक्ष नहुँदा प्रहरीलाई सरसफाइमा समस्या पर्नुका साथै भान्सामा पानी चुहिने हुँदा खाना पकाउन मुस्किल हुने गरेको छ । भाडामा रहेको यस भवन कच्ची माटोले बनेका कारण दैनिक समस्या हुँदै आएको प्रहरीले बताएको छ ।

छेडागाड नगरपालिका–३ दशेरामा रहेको प्रहरीको आफ्नै भवन चुहिँदा प्रहरीलाई सुत्न समस्या हुँदै आएको छ । शिवालय गाउँपालिका–१ छेडाचौरमा भान्साघर चुहिँदा खाना पकाउन मुस्किलका साथै खानेपानीको अभावमा भेरी नदीको फोहर पानी पिउन बाध्य भएको प्रहरीले बताएको छ । वडा नं ५ को थालारैकरको भवनसमेत भाडामा रहेको छ ।

गाउँमा रहेको प्रहरी चौकीमा बत्ती, खानेपानीलगायतको समस्या हुँदै आए पनि समस्या बुझ्ने कोही नभएको प्रहरीको भनाइ छ । सदरमुकामस्थित जिल्ला कार्यालयबाट गाउँमा रहेका प्रहरी चौकीमा सम्पर्क गर्न खोजे पनि समयमै सम्पर्क हुन नसक्ने अवस्था रहेको जाजरकोटका प्रहरी प्रमुख थापाले बताए । पर्याप्त दरबन्दीसमेत नभएका कारण दैनिक काममा समेत बाधा पुग्दै आएको छ । आकाशमा बादल लाग्ने बित्तिकै प्रहरी चौकीमा सम्पर्क टुट्ने गरेको प्रमुख थापाले जानकारी दिए । बस्न, खानाका साथै सुत्नका लागिसमेत निकै अप्ठ्यारो हुँदै आएको छ ।

प्रहरीको सञ्चार सेट तथा नेपाल टेलिकमको सेवाले काम नगर्दा दैनिक काम कारवाहीमा समस्या भोग्नुपरेको प्रहरीले बताएका छन् । गाउँमा कच्ची माटाले बनेका घरमा बसेर सेवा दिँदा आफैँ कतिबेला घर भत्किन्छ भन्ने डरले चिन्ता हुने गरेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । रासस

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १ : २५ बजे

एकैदिन तोलामा १० हजार बढीले घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा

रुस-आसियान साझेदारी थप मजबुत

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने

शुक्लाफाँटामा तीन सयभन्दा बढी कृष्णसार, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु