कोरोनाले छाक टार्न मुस्किल परिवारलाई खाद्यान्न « Khabarhub

कोरोनाले छाक टार्न मुस्किल परिवारलाई खाद्यान्न


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– कोरोना कहरका कारण दैनिक छाक टार्नसमेत मुस्किलमा परेका जिल्लाको शिखर नगरपालिकामा रहेका ११ विपन्न परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ ।

कोरोना महामारीले पारेको असर र लामो समयसम्मको निषेधाज्ञाका कारण गरिखाने परिवारलाई साँझ बिहानको छाक टार्नसमेत धौधौ परेपछि मेची–महाकाली बुहारी संयुक्त आवाज तथा एस नामक संस्थाका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाको संयुक्त सहयोगमा खाद्यान्न वितरण गरिएको हो ।

नगरपालिकामा रहेका महिला, अपाङ्गता भएका, वृद्ध तथा दलित परिवारका महिलालाई चामल, दाल, नुन, तेललगायतका सामग्री वितरण गरिएको मेची–महाकाली बुहारी संयुक्त आवाज डोटी शाखाका संयोजक देवी खड्काले जानकारी दिए ।

उनका अनुसार ११ परिवारलाई रु १७ हजार ५०० का दरले रु एक लाख ९२ हजार ५०० बराबरको खाद्यान्न सामग्री वितरण गरिएको छ । खाद्यान्न राहत पाएपछि अहिले नगरभित्रका विपन्न परिवार निकै खुशी हुनुका साथै उनीहरुका घरमा भात पाक्ने अवस्था आएको शिखर–११ का कलापती दमाईले बताए ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १ : ३४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन