एप्पल ट्याबलेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा, दोस्रोमा सामसुङको उत्पादन « Khabarhub

एप्पल ट्याबलेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा, दोस्रोमा सामसुङको उत्पादन


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् ।

२१ औं काउन्टरपोइन्ट रिसर्चद्वारा ट्याब्लेट मार्केटबारे प्रकाशित बजार अनुगमन विवरणमा विश्वव्यापी ट्याब्लेट कम्प्युटरको बजार अघिल्लो वर्षको तुलनामा यो वर्ष ५३ प्रतिशतले वृद्धि भएको जानकारी गराइएको छ । गत वर्ष ट्याब्लेट बजारको वृद्धि दर १९ प्रतिशत थियो ।

यो वर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार एप्पलले विश्वव्यापी ट्याब्लेट बजारको ३७ प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले २० प्रतिशत बजार पाएको छ ।

चिनियाँ टेलिकम कम्पनी हुवावेको ट्याब्लेट उत्पादनले गत वर्ष ११ प्रतिशत बजारसहित तेस्रो स्थान ओगटेकोमा यो वर्ष उक्त स्थान कायम राखेपनि बजार पहुँचमा मात्रै पाँच प्रतिशत स्थान रहेको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकी सरकारले ठूलो संख्यामा चिनियाँ इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेशन र हुवावेलगायत ड्रोन कम्पनीलाई कालोसूचीमा समावेश गरेका कारण हुवावेको बजारमा निकै गिरावट आएको हो ।

कम्पनीलाई कालोसूचीमा समावेश गरिएपछि यसले अमेरिकी कम्पनीहरूको स्वामित्वको ‘प्याटेन्ट’ र स्रोत प्रविधिहरू साथै अमेरिकी प्रबिधि समावेश गर्ने अंशहरू खरीद गर्न सक्दैन ।

यसबाहेक कालोसूचीमा रहेका कम्पनीहरू सूचीकृत हुन सक्दैनन् । स्मार्टफोन र ट्याब्लेटको पार्ट्स पाउन नसक्दा हुवावेले नयाँ उत्पादनहरुलाई बजारमा ल्याउन सक्दैन ।

सामसुङको ग्यालक्सी ट्याब एस–सेभेन लाइट हालै युरोपका धेरै देशहरूमा लोकप्रिय बनेको छ । ग्यालक्सी ट्याब एस–सेभेन लाइट उत्तरी अमेरिकी, यूरोपेली मुलुकहरूका शैक्षिक संस्थामाझ लोकप्रिय बनेको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  २ : ४८ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया