स्क्रीन टेस्टमा असफल अमरीश यसरी बने मोगेम्बो « Khabarhub

स्क्रीन टेस्टमा असफल अमरीश यसरी बने मोगेम्बो


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडका दिग्गज तथा प्रख्यात अभिनेता अमरीश पुरी आम दर्शकले सम्झिइरहने एउटा सुपरिचित नाम हो । उनी भारतीय फिल्ममा एक यस्ता खलनायक थिए, जसले कहिल्यै नमेटिने छाप छोडे ।

अग्लो कद र तेजिलो आँखासँगै उनको अभिनयले दर्शकमाझ अमिट छाप छोड्यो । अमरीशलाई हिन्दी फिल्मको अमर खलनायक मानिन्छ । ‘गब्बर’ पछि ‘मोगेम्बो’लाई नै फिल्मी दुनियाँको ठूलो खलनायक मानियो ।

अमरीशको जन्म सन् १९३२ को जून २२ मा पञ्जाबको जालन्धरमा भएको थियो । शिमलाको बीएम कलेजबाट पढाई पुरा गरेपछि उनले अभिनयमा पाइला चाल्ने निर्णय लिए । उनलाई कलेजका दिनमा रंगमञ्चप्रति ठूलो लगाव थियो ।

यही कारण उनले शुरुवाती समयमा रंगमञ्चलाई अभिनयको थलो बनाए । त्यसपछि मात्र फिल्मतिर मोडिए । ६० को दशकमा अमरीशले रंगमञ्चमा अभिनय गरेर नाम निकै कमाए । उनले सत्यदेव दुबे र गिरीश कर्नाडले लेखेको नाटकहरुमा प्रस्तुति दिए ।

अमरीशले दाजु मदन पुरीको अनुसारण गर्दै फिल्ममा काम गर्नका लागि मुम्बई आए । तर स्क्रीन टेस्टमा फेल भएपछि उनले भारतीय जीवन बीमा निगममा जागिर खान थाले ।

बीमाको जागिरसँगै उनी सत्यदेवले लेखेको नाटकमा पृथ्वी थिएटरमा काम गर्न थाले । रंगमञ्चीय प्रस्तुतीले उनलाई टेलिभिजन विज्ञापन प्रस्तुति हुँदै फिल्ममा खलनायकको भूमिकासम्म पुर्यायो ।

उनले आफ्नो फिल्मी करियरको सुरुवात सन् १९७१ मा ‘प्रेम पुजारी’बाट गरे । उनको यात्रा सन् १९८० को दशकमा निकै सम्झनलायक रह्यो । यो दशकमा उनले खलनायकका रुपमा कैयौं ठूला फिल्ममा आफ्नो छाप छोडे ।

सन् १९८७ मा शेखर कपुरको फिल्म ‘मिस्टर इण्डिया’ मा ‘मोगेम्बो’को भूमिकाले उनी सदाका लागि सम्झने कलाकार दरिए । यो फिल्ममा उनको संवाद ‘मोगेम्बो खुश हुआ’ यति लोकप्रिय भयो कि यही संवादले उनलाई रातारात स्टार बनायो ।

सन् १९९० को दशकमा उनले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘घायल’ र ‘विरासत’मा आफ्नो सकारात्मक भूमिकाले दर्शकको मन जिते । उनले हिन्दीका अलावा कन्नड, पञ्जाबी, मलयालम, तेलुगू र तमिल फिल्मबाहेक हलिउड फिल्ममा पनि काम गरे ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ५ : ०० बजे

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन माग

काठमाडौं – नेकपा (एमाले)ले शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा

निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ सङ्गठन योङ

ट्रम्प मार्च अन्तिममा चीन जाने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्

नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा

आजका समाचार : दलको घरदैलो तीव्र, रास्वापाले चुनाव भाँड्न खोजेको एमालेको आरोप, रौतहटमा झडप र एआई सम्मेलन निष्कर्षविहीन

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन