स्क्रीन टेस्टमा असफल अमरीश यसरी बने मोगेम्बो | Khabarhub Khabarhub

स्क्रीन टेस्टमा असफल अमरीश यसरी बने मोगेम्बो


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडका दिग्गज तथा प्रख्यात अभिनेता अमरीश पुरी आम दर्शकले सम्झिइरहने एउटा सुपरिचित नाम हो । उनी भारतीय फिल्ममा एक यस्ता खलनायक थिए, जसले कहिल्यै नमेटिने छाप छोडे ।

अग्लो कद र तेजिलो आँखासँगै उनको अभिनयले दर्शकमाझ अमिट छाप छोड्यो । अमरीशलाई हिन्दी फिल्मको अमर खलनायक मानिन्छ । ‘गब्बर’ पछि ‘मोगेम्बो’लाई नै फिल्मी दुनियाँको ठूलो खलनायक मानियो ।

अमरीशको जन्म सन् १९३२ को जून २२ मा पञ्जाबको जालन्धरमा भएको थियो । शिमलाको बीएम कलेजबाट पढाई पुरा गरेपछि उनले अभिनयमा पाइला चाल्ने निर्णय लिए । उनलाई कलेजका दिनमा रंगमञ्चप्रति ठूलो लगाव थियो ।

यही कारण उनले शुरुवाती समयमा रंगमञ्चलाई अभिनयको थलो बनाए । त्यसपछि मात्र फिल्मतिर मोडिए । ६० को दशकमा अमरीशले रंगमञ्चमा अभिनय गरेर नाम निकै कमाए । उनले सत्यदेव दुबे र गिरीश कर्नाडले लेखेको नाटकहरुमा प्रस्तुति दिए ।

अमरीशले दाजु मदन पुरीको अनुसारण गर्दै फिल्ममा काम गर्नका लागि मुम्बई आए । तर स्क्रीन टेस्टमा फेल भएपछि उनले भारतीय जीवन बीमा निगममा जागिर खान थाले ।

बीमाको जागिरसँगै उनी सत्यदेवले लेखेको नाटकमा पृथ्वी थिएटरमा काम गर्न थाले । रंगमञ्चीय प्रस्तुतीले उनलाई टेलिभिजन विज्ञापन प्रस्तुति हुँदै फिल्ममा खलनायकको भूमिकासम्म पुर्यायो ।

उनले आफ्नो फिल्मी करियरको सुरुवात सन् १९७१ मा ‘प्रेम पुजारी’बाट गरे । उनको यात्रा सन् १९८० को दशकमा निकै सम्झनलायक रह्यो । यो दशकमा उनले खलनायकका रुपमा कैयौं ठूला फिल्ममा आफ्नो छाप छोडे ।

सन् १९८७ मा शेखर कपुरको फिल्म ‘मिस्टर इण्डिया’ मा ‘मोगेम्बो’को भूमिकाले उनी सदाका लागि सम्झने कलाकार दरिए । यो फिल्ममा उनको संवाद ‘मोगेम्बो खुश हुआ’ यति लोकप्रिय भयो कि यही संवादले उनलाई रातारात स्टार बनायो ।

सन् १९९० को दशकमा उनले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘घायल’ र ‘विरासत’मा आफ्नो सकारात्मक भूमिकाले दर्शकको मन जिते । उनले हिन्दीका अलावा कन्नड, पञ्जाबी, मलयालम, तेलुगू र तमिल फिल्मबाहेक हलिउड फिल्ममा पनि काम गरे ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ५ : ०० बजे

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक