एमालेले भन्यो : सर्वोच्चको आदेश अप्रत्याशित « Khabarhub

एमालेले भन्यो : सर्वोच्चको आदेश अप्रत्याशित


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेले संसद विघटनपछि भएको मन्त्रिपरिषद विस्तारलाई बदर गर्ने सर्वोच्च अदालतको आदेश अप्रत्याशित भएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद विस्तारलाई मंगलबार सर्वोच्चले बदर गर्ने अन्तरिम आदेश जारी गरेको थियो । यो आदेशले राष्ट्रिय राजनीतिलाई जटिल दिशातिर धकेलेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रतिक्रिया दिएका छन् ।

‘यो फैसला अप्रत्याशित छ र यसले राष्ट्रिय राजनीतिलाई जटिल दिशातिर धकेलेको छ ।’ उनले भने ।

सर्वोच्चको फैसलालाई लिएर पार्टीले बैठक राखी छलफल गर्ने र त्यसपछि आधिकारिक धारणा सार्वजनिक गरिने पनि ज्ञवालीले बताए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितल प्रतिनिधिसभा विघटन गरेको काम चलाउन चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने उल्लेख गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको अन्तरिम आदेशपछि २० मन्त्री स्वत पदमुक्त भएका छन् भने मन्त्रीपरिषदमा प्रधानमन्त्रीसहित पाँच मात्रै मन्त्री रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ५ : २९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन