रुपन्देहीमा केही खुकुलो पार्दै असार १४ सम्म निषेधाज्ञा थपियो « Khabarhub

रुपन्देहीमा केही खुकुलो पार्दै असार १४ सम्म निषेधाज्ञा थपियो


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– सरकारी कार्यालय खुला र निजी सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै रूपन्देहीमा असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय रूपन्देहीले एक साता निषेधाज्ञा थप गरेको हो ।

थप गरिएको निषेधाज्ञामा निजी सवारी साधनको सञ्चालनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएको छ । तर सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालनलाई भने रोक लगाइएको छ । जोरबिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएपछि सडकमा सवारी साधानको चाप बढेको छ ।

रुपन्देहीमा विवाहको लागि दुईवटा साना सवारी साधनमा बढीमा १० जनासम्म जन्ती जान पाइने छ । तर भेला, महोत्सव, सभा, जुलुसलगायत मानिसको भीडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न पाइने छैन ।

त्यस्तै होटल, पार्टी प्यालेस तथा रेस्टुरेन्ट खोल्न, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी सञ्चालन गर्न पनि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले आन्तरिक नित्य पूजा बाहेकका सबै धार्मिक सांस्कृतिक गतिविधि सञ्चालनमा पनि रोक लगाइएको जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ५ : ५६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन