निउरो टिप्न गएकी महिलाको ज्यान लिने बाघ नियन्त्रणमा « Khabarhub

निउरो टिप्न गएकी महिलाको ज्यान लिने बाघ नियन्त्रणमा


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन जिल्लाको जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएकी महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ ।

रत्ननगर नगरपालिका –५ मगरटोलकी ३२ वर्षीया गीता अधिकारीको सोमबार बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

आज अपराह्न उक्त बाघलाई ‘डट’ गरेर नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई नियन्त्रणमा लिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको सो वन क्षेत्रमा निउरो टिप्न गएको बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको थियो । मृतक अधिकारीको शव समयमा जङ्गलबाट निकाल्न माग गर्दै स्थानीयले प्रदर्शन समेत गरेका थिए । साथै स्थानीयले निकुञ्जको सौराह सेक्टर कार्यालयमा तोडफोड र आगजनी गर्दा केही समय सो क्षेत्र तनाबग्रस्त बनेको थियो ।

यस आर्थिक वर्षमा मात्र जिल्लामा चार जनाको बाघको आक्रमणबाट अकालमा मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : ४५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन