आन्तरिक हवाई उडान खोल्ने सरकारको निर्णय, अन्तर्राष्ट्रियस्तरमा ९ रुट खुला « Khabarhub

आन्तरिक हवाई उडान खोल्ने सरकारको निर्णय, अन्तर्राष्ट्रियस्तरमा ९ रुट खुला


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै बन्द गरेको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई उडान खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालनका लागि अनुमति दिइएको छ । यसको तालिका र मिति भने मन्त्रालयले तय गर्ने जनाइएको छ ।

मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको हो ।

अब काठमाडौँ-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौँ-इस्तानबुलमा साताको २, काठमाडौँ-दुबई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

काठमाडौँ दमाम रुटमा साताको २, काठमाडौँ-कुवेतमा साताको दुई, काठमाडौँ-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला गर्ने निर्णय भएको छ । यस्तै, काठमाडौँ-छेन्दु र ग्वाङझाओ रुटमा साताको एक-एक उडान हुने गरी सेवा खुला गरिएको छ ।

हाल सातामा एक/एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौँ-दोहा सातामा ४ उडान हुनेछन् ।

हेर्नुहोस् मन्त्रिपरिषको निर्णय :

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : ३४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन