बाबुराम भट्टराईको टिप्पणी : निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् ! « Khabarhub

बाबुराम भट्टराईको टिप्पणी : निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् !


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानका निर्माता नै संविधान विपरित गए पनि सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु सही भएको टिप्पणी गरेका छन् ।

मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले मंगलबार संविधान विपरीत भएको ठहर गर्दै २० मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको थियो ।

भट्टराईले ट्वीट गर्दै संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य भएको उल्लेख गरेका छन् । उनले अदालतको आदेशले क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा अब खुल्नु पर्ने टिप्पणी गरेका छन् ।

‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्‍ने नै भयो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् !’

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : १० बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट