ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु | Khabarhub Khabarhub

ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलङ्गा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुँवर रहेका छन् ।

महाकाली लोकमार्ग, दार्चुला तिङ्कर सडक अन्तर्गत निर्माणाधिन लास्कुखोलाको मोटरेबल पुलभित्र राखिएको उक्त पाइपमा अड्कीएर दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

मङ्गलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण निर्माणाधीन पुलभित्र सो पाइप राखेर नदी खुलाइएको थियो । पुललाई क्षति नगरोस् भनेर सो पाइप राख्न लगाइएको भए पनि पौडी खेल्ने बेला उनीहरू अड्कीएका हुन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र