सूर्य थापाको प्रश्न : मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ? | Khabarhub Khabarhub

सूर्य थापाको प्रश्न : मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ? भन्दै प्रश्न गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन तथा विस्तार गरेको मन्त्रिमण्डलका उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूलाई अन्तरिम आदेशद्वारा बर्खास्त गरेपछि उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भाषण र सर्वोच्चको आजको फेसला हुबहु भएको समेत बताएका छन् । त्यस्तै माधव नेपाल र भीम रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु भएको जनाउँदै यो के भएको भनी प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देउवालाई २०७४ अधिकार थियो,अहिले ओलीलाई छैन ? प्रतिष्ठा कायम रहोस्,बस ! मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?’

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १० : ४० बजे

अदालतभित्रै श्रीमानले श्रीमती कुटे

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना