जसपा विवाद : आधिकारिकता टुंग्याउन निर्वाचन आयोगको इजलास बस्दै « Khabarhub

जसपा विवाद : आधिकारिकता टुंग्याउन निर्वाचन आयोगको इजलास बस्दै


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउने तयारी गरेको छ ।

त्यसका लागि निर्वाचन आयोगको इजलास आज पनि बस्दैछ । गत आइतबारदेखि आधिकारिकता विवाद टुंग्याउन छलफल थालेको आयोगले प्रमुख आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षसँग गरिएको छलफलले निकास नदिएपछि इजलास गठन गरेर विवाद निरूपणको प्रयास भएको हो ।

यसअघि बसेको इजलासले दुवै पक्षलाई आआफ्नो सक्कली कागजपत्र पेस गर्न आदेश दिइसकेको छ । इजलासले जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमत र अल्पमत हेरेर निर्णय लिने तयारी गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षले आफूहरु नै आधिकारिक भएको दाबी गर्दै आफू अनुकुलका निर्णय गर्दै आएका छन् ।

पहिलो पटक गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि ओली सरकारविरूद्ध आन्दोलनमा गएको जसपा प्रतिनिधिसभा पुनर्स्थापनापछि भने ब्यवहारिकरूपमा विभाजित छ ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि ओलीले अदालतको फैसला मानेर अघि बढेको भन्दै अध्यक्ष महन्थ ठाकुर पक्षले ओलीलाई समर्थन गरेका थिए ।

तर, संविधान नै मास्न खोजेको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले ओलीविरूद्धको पाँच दलको गठबन्धनमा रहँदै संघर्ष गरिरहे ।

ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि ठाकुर पक्ष सरकारमा समेत सहभागी भएपछि जसपा विवाद उत्कर्षमा छ ।

सर्वोच्चले असार २८ मा प्रतिनिधिसभा विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि यादब पक्ष सरकारमा जाने तयारी छ । यद्यपि पार्टीको आधिकारिकतामा अन्योल भएपछि यादब पक्षले निर्णय लिन सकेको छैन । आधिकारिकता छिनोफानो हुनेबित्तिकै सरकारमा सहभागी हुने यादब पक्षले बताएको छ ।

तर, साउन ३ मा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने चर्चा चुलिएका छन् । ठाकुर र देउवाबीच बुधबार भेटवार्ता समेत भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ९ : १६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने