जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान | Khabarhub Khabarhub

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।

कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।

कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए ।

“जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्ने बाध्यता रहेको थियो,” उनले भने, “अब जिल्लामा नै अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई उपचार गर्न सकिने भएको छ ।”

अक्सिजन प्लान्ट सञ्चालनका लागि पर्याप्त विद्युत् आवश्यक भएकाले जेनेरेटर व्यवस्था गर्न लागिएको निमित्त प्रमुख महतले जानकारी दिए ।

“जिल्लामा विद्युत्को लाइन छ तर त्यो विद्युत् नियमित नहुँदा अक्सिजन प्लान्ट नियमित सञ्चालनका लागि जेनेरेटर राख्ने पहल भइरहेको छ”, उनले भने, “विद्युत् नियमित भए २४ सै घण्टा अक्सिजन प्लान्ट सञ्चालन गर्न सकिन्छ ।”

जिल्लामा कोभिड–१९ सङ्क्रमित भएका क्षयरोगीको उपचारका लागि कोभिड–विशेष अस्पतालमा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रविधिको जिने एक्स्पोर्ट मेशिन पनि जडान गरिएको निमित्त प्रमुख महतले बताए ।

“क्षयरोगका गम्भीर खालका बिरामीलाई कोभिड–१९ भए त्यसको उपचारका नयाँ मेशिन जडान गरिएको छ”, उनले भने, “कोभिड–१९ महामारीका बीच स्वास्थ्य क्षेत्रमा अब्बल बनाउँदै गएका छौँ ।”

जिल्लामा हाल २९ महिला र ३३ पुरुषसहित ६२ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये कोभिड विशेष अस्पलालमा १९ को उपचार भइरहेको छ । जिल्लाका विभिन्न आइसोलेशन केन्द्रमा १४ र होम आइसोलेशनमा २९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ११ : १५ बजे

झोलुङ्गे पुललाई सजावट : आन्तरिक पर्यटकको नयाँ आकर्षण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकैको अनौखी खोला, बीचमा कलकल

केन्द्रीय समिति विघटन गर्दै प्रचण्डले भने- मलाई अध्यक्ष पदमा टाँसिएर बसिरहन मन छैन

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट

पहिरोको जोखिम रहेका स्थानमा सवारी पार्किङ नगर्न आग्रह 

काठमाडौं– सडक डिभिजन कार्यालय भरतपुरले पहिरोको उच्च जोखिम रहेका स्थानमा

जेन-जी आन्दोलनमा गोली लागेर घाइते भएका अनिल सहाराविहीन (तस्बिरहरू)

काठमाडौं– बूढानीलकण्ठको एउटा घर, त्यही घरमा भाडाको सानो कोठा, कोठाको

माफी माग्दै योगेशले भने : बदलिएका अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकेनौँ

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जेन–जी आन्दोलनपछि आत्मालोचना