कांग्रेसको क्रियाशील सदस्य विवाद : जनकपुरमा अनसन शुरु « Khabarhub

कांग्रेसको क्रियाशील सदस्य विवाद : जनकपुरमा अनसन शुरु


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेसको क्रियाशील सदस्य वितरणमा धाँधली भएको भन्दै जनकपुरका कांग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् ।

प्रक्रिया विपरीत सदस्यता वितरण भएको आरोप लगाउँदै बुधबारदेखि जनकपुरधामस्थित पार्टी कार्यालयमा नेता एवं कार्यकर्ताले रिले अनसन थालेका हुन् ।

काठमाडौँमा पाँच दिनदेखि नेपाली कांग्रेस धनुषाका पूर्वसांसद तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहितका नेता आमरण अनसनमा छन् ।

उनकै समर्थनमा जनकपुरमा पनि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बस्ने गरी अन्सन जारी छ । तरुण दलको केन्द्रीय सदस्य नरेश यादवका अनुसार धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र ४ मा क्षेत्रीय सभापतिले धाँधली गरी सदस्यताको वितरण गरेको छ ।

जिल्लाबाट पठाएको प्रतिवेदनको आधारमा सदस्यता वितरण हुनु पर्ने र प्रक्रिया विपरीत वितरण गरिएको सदस्यता रद्ध गर्नुपर्ने उनको माग छ ।

वडा सभापतिको जानकारी बिनै अन्य पार्टीबाट आएकालाई सदस्यता दिइएको उनले बताए । पार्टीलाई कब्जा गर्न र आफु सुरक्षित हुन यस्तो गरिएको उनको भनाइ छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ को सभापति जितनारायण यादव छन भने निर्वाचन क्षेत्र नम्बर ४ को सभापति योगी पञ्जियार छन् ।

उनीहरूले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो बर्चश्व देखाउन पार्टीको विधान विपरीत कार्य गरेको आरोप लागेको छ । धनुषामा १२ हजार क्रियाशील सदस्य थिए ।

१२ हजार पुनः थप्ने पार्टीको संस्थागत निणर्य भएपनि सात हजार मात्रै थपिएको छ । धनुषामा करिब १९ हजार क्रियाशील सदस्य छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  १ : १२ बजे

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको

थारु पहिचान संरक्षण गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति,

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड