भाडा समायोजनको माग गर्दै यातायत व्यवसायी सडक आन्दोलनमा « Khabarhub

भाडा समायोजनको माग गर्दै यातायत व्यवसायी सडक आन्दोलनमा


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सात बुँदे मागसहित यातायात व्यवसायीले सडक आन्दोलन थालेका छन् ।

भाडा समायोजन र कोरोनाविरुद्धको खोपलगायतका सात बुँदे माग राख्दै यातायात व्यवसायीले काठमाडौँमा सवारीसाधनसहित र्‍याली निकालेका छन् ।

उपत्यकाको चक्रपथमा निकालिएको र्‍यालीका कारण यातायात अस्तव्यस्त बनेको थियो । ट्याक्सिदेखि सबै प्रकारका सार्वजनिक यातायातको र्‍यालीका ट्राफिक जामको समस्या पनि देखिएको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै बिरोध जनाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका उपमहासचिव रामहरी श्रेष्ठले आफुहरूले पटक पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराएपनि नसुनेपछि बाध्य भएर बिरोधमा उत्रनुपरेको बताए ।

भाडा समायोजन गर्दा वैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको उनको गुनासो छ ।

त्यस्तै ट्याक्सी व्यवसायीले न्युनतम भाडा वृद्धि गर्नुपर्ने माग गरेका छन् । व्यवसायीहरूले पहिलो चरणको विरोधको कार्यक्रमबाट पनि आफुहरूको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  १ : २३ बजे

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको