पार्टी कसरी अघि बढ्छ हेरिरहेका छौँ, त्यही अनुसार आगामी बाटो तय गर्छौं – माधव नेपाल « Khabarhub

पार्टी कसरी अघि बढ्छ हेरिरहेका छौँ, त्यही अनुसार आगामी बाटो तय गर्छौं – माधव नेपाल


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले लिने नीति अनुसार आफूहरू अघि बढ्ने बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘पार्टीभित्र छलफल चलिरहेको छ । पार्टी कसरी अगाडि बढ्छ सोही अनुसार आगामी बाटो तय गर्नेछौँ ।’

नेता नेपालले पार्टीमा आफूहरूमाथि धेरै अपमान भएको बताएका छन् । उनले अपमान सहेर कोही पनि बस्न नसक्ने बताएका छन् ।

उनले भने, ‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन । गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशिक्षण हामीले पाएका छैनौँ ।’

उनले अरूको अपमान गर्नेले समाज र राष्ट्रको पनि अपमान गर्ने भएकाले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गनुपर्ने बताए।

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाएर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको बताउँदै उनले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  २ : ४४ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र