१८ अंकले नेप्से बढ्दा ११ अर्ब ११ करोड बढीको कारोबार « Khabarhub

१८ अंकले नेप्से बढ्दा ११ अर्ब ११ करोड बढीको कारोबार


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर ३,००४ दशमलव ३३ को विन्दुमा कायम भएको छ ।

आज २२२ वटा कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ मध्ये ८ वटा उपसमूहको परिसूचक घटेको छ भने ५ समूहको सूचक बढेको छ ।

नेपाल स्टक एक्सचेन्स (नेप्से) का अनुसार सबैभन्दा धेरै कृषि विकास बैंकको कारोबार भएको छ । बैंकको ४६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको ३६ करोड ५ लाख, एनआइसी एशिया बैंकको ३६ करोड ४ लाख, नाङी ग्रुपको ३४ करोड ३४ लाख, सिद्धार्थ बैंकको ३२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषमा इकाईधनी, सिइडिबी हाइड्रोपावर कम्पनी र नाङदी ग्रुप पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनीले गुमाएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ५ : ४३ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार