जसपा विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलायो | Khabarhub Khabarhub

जसपा विवाद टुंग्याउन निर्वाचन आयोगले कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलायो


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद सुल्झ्याउन कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ ।

जसपाको आधिकारिकता विवाद समाधानका लागि बसेको निर्वाचन आयोगको इजलासले ५१ कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासले ५१ जना कार्यकारिणी सदस्यलाई सक्कल नागरिकतासहित बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

दल एकता हुँदा बुझाइएको कार्यकारिणी सदस्यहरुलाई परिचय खुल्ने कागजातसहित आयोगमा इजलासबाट आदेश भएको उनले बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको हो ।

उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच विवद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ७ : ०४ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी