संयुक्त विद्यार्थी संगठनद्वारा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी « Khabarhub

संयुक्त विद्यार्थी संगठनद्वारा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्यार्थी संगठनले विभिन्न माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी तालाबन्दी गरेका छन् ।

आफूहरुका मागप्रति वेवास्ता गरेको भन्दै विद्यार्थी संगठनले बिहीबार विश्वविद्यालयको केन्द्रीय क्याम्पस, परीक्षा व्यवस्थापन कार्यालयसँगै सम्पूर्ण संकायका क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।

विद्यार्थी संगठनले आफ्ना मागहरुलाई विश्वविद्यालयले वेवास्ता गरेको बताए पनि विश्वविद्यालयका उपकुपति नन्दबहादुर सिंहले भने विद्यार्थीहरुलाई वार्तामा आउन आग्रह गरेपनि नआएको बताए । उनले भने,‘विद्यार्थीहरुले राखेका जायज माग सम्बोधन गछौँ भनेकै छौँ।’

उनका अनुसार विद्यार्थीहरुले अनलाइन माध्यमबाट वार्षिक परीक्षा सञ्चालन गर्ने र शुल्क सतप्रतिशत छुट गर्ने विद्यार्थीका माग भने विश्वविद्यालयले पूरा गर्न सक्दैन् । संवादबाट नै समस्याको समाधान हुने भन्दै उपकुलपति सिंहले विद्यार्थीलाई छलफलमा आउन आग्रह समेत गरेका छन् ।

विश्वविद्याले छलफलमा बोलाउँदा विद्यार्थीहरु नआउने र मिडियामा विश्वविद्यालयले व्यवास्ता गरेको भन्दै प्रचार गरेको सिंहको भनाइ छ ।

भोलिदेखि परीक्षा सञ्चालन गर्ने तालिका रहेकाले परीक्षा नरोकिने उनले बताए । अनलाइन माध्यमबाट परीक्षा लिन असम्भव भएकाले परीक्षा भौतिक रुपमा नै हुने उनले बताए । विद्यार्थी संगठनले यही साउन ३ गते विभिन्न १८ बुँदे माग राख्दै विश्वविद्यालयलाई विज्ञप्ति थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ७ : २० बजे

जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा

टोकियो‍‍‍– जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय

बर्लीको ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

काठमाडौं– अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सको नेपालका लागि आधिकारिक वितरक सीजी

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं– नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी