प्रधानमन्त्री देउवासँग जापान र अष्ट्रेलियाका राजदूतको भेट | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवासँग जापान र अष्ट्रेलियाका राजदूतको भेट


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापान र अष्ट्रेलियाका राजदूतले आज बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवासमा भएको भेटमा नेपालका लागि जापानी राजदूत किकुटा युटाकाले कोभिडविरुद्धको खोप यथासक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रयास भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

जापानले १६ लाखमात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराउने घोषणा गरेअनुरुप जापानका राजदूतले त्यससम्बन्धमा प्रधानमन्त्री देउवालाई पछिल्लो प्रगतिबारे जानकारी गराएका हुन् । हालै जापानले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख एस्ट्राजेनिका खोप प्रदान गर्ने घोषणा गरेको थियो ।

त्यस अवसरमा नेपाल–जापान सम्बन्धका विविध विषयमा उनीहरूबीच विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले खोप सहायता तथा थप सहयोग गर्ने जापानको प्रतिबद्धताको सराहना गर्दै जापान सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

यसैबीच प्रधानमन्त्रीसँगको भेटमा अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले ६१ वर्ष पुरानो अष्ट्रेलिया–नेपाल सम्बन्धका विविध पक्षबारे अवगत गराउँदै कोभिड–१९विरुद्धको नेपाल सरकारको प्रतिकार्य, नेपालको विकासका प्राथमिकता तथा समावेशिताका कार्यसूचीमा सघाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री देउवाले कोभिड–१९विरुद्धको प्रतिकार्यका लागि हालै अष्ट्रेलिया सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै अष्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ८ : २८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका