कृष्णसँग सती जान्न, प्रभु साहको साइबर आर्मीमा मरो समर्थन : महेश बस्नेत « Khabarhub

कृष्णसँग सती जान्न, प्रभु साहको साइबर आर्मीमा मरो समर्थन : महेश बस्नेत


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले तथ्य र आधारविना आफूविरुद्ध केही अनलाइन मिडियाहरुले प्रकाशन गरेका समाचारप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले पूर्वमन्त्री प्रभुको ‘आईटी आर्मी’ महेशद्वारा बहिष्कार गरेको भन्ने आधारहीन समाचार प्रकाशित भएकोप्रति आपत्ति जनाएका छन्।

महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्वमन्त्री साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे एमालेमा हल्लीखल्ली चलेको भन्ने खालका समाचार हरु प्रकाशित भएका थिए ।

बस्नेत उक्त समाचारको खण्डन गर्दै सामाजिक सञ्जालमा आफ्नो सम्बन्ध साहसँग राम्रो रहेको र मिलेर काम गर्ने स्पष्ट पारेका छन् ।

उनले समाजिक सन्जालमा लेखेका छन्, ‘कमरेड पूर्व मन्त्री साहसँगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आईटी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाहअनुसार नै बनेको हो आईटी आर्मी, अनि साइबर सेनासँगै मिलेर दुबै संगठनमा काम गर्छन्। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पढ्दैछु।’

यसैगरी एमाले नेता किसान श्रेष्ठले महेश बस्नेतकै योजनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट हालेको चर्चाका विषयमा पनि उनले समाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौराणिकालको श्रीमान-श्रीमती जस्तो मृत्यु सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन् ?’

केही अनलाइनहरुले सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गरिदिएपछि अदालतको निर्णयविरुद्ध देशव्यापी संघर्ष गर्ने उद्घोष गरेका बस्नेतकै आग्रहमा उनीनिकट सांसद श्रेष्ठले काँग्रेसका सभापतिसमेत रहेका देउवालाई विश्वासको मत दिएको चर्चा चल्न थालेको भनी समाचार लेखेका थिए।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ८ : ५६ बजे

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला