कृष्णसँग सती जान्न, प्रभु साहको साइबर आर्मीमा मरो समर्थन : महेश बस्नेत | Khabarhub Khabarhub

कृष्णसँग सती जान्न, प्रभु साहको साइबर आर्मीमा मरो समर्थन : महेश बस्नेत


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले तथ्य र आधारविना आफूविरुद्ध केही अनलाइन मिडियाहरुले प्रकाशन गरेका समाचारप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले पूर्वमन्त्री प्रभुको ‘आईटी आर्मी’ महेशद्वारा बहिष्कार गरेको भन्ने आधारहीन समाचार प्रकाशित भएकोप्रति आपत्ति जनाएका छन्।

महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्वमन्त्री साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे एमालेमा हल्लीखल्ली चलेको भन्ने खालका समाचार हरु प्रकाशित भएका थिए ।

बस्नेत उक्त समाचारको खण्डन गर्दै सामाजिक सञ्जालमा आफ्नो सम्बन्ध साहसँग राम्रो रहेको र मिलेर काम गर्ने स्पष्ट पारेका छन् ।

उनले समाजिक सन्जालमा लेखेका छन्, ‘कमरेड पूर्व मन्त्री साहसँगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आईटी आर्मी गठनमा मेरो असहमति होस । उहाँ र मेरो सल्लाहअनुसार नै बनेको हो आईटी आर्मी, अनि साइबर सेनासँगै मिलेर दुबै संगठनमा काम गर्छन्। श्रोत र सम्पर्क बिनाको अनलाइनका खबरहरु पढ्दैछु।’

यसैगरी एमाले नेता किसान श्रेष्ठले महेश बस्नेतकै योजनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट हालेको चर्चाका विषयमा पनि उनले समाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौराणिकालको श्रीमान-श्रीमती जस्तो मृत्यु सति जाने जस्तो सम्बन्ध होइन केही मिडिया किन रमाएका हुन् ?’

केही अनलाइनहरुले सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गरिदिएपछि अदालतको निर्णयविरुद्ध देशव्यापी संघर्ष गर्ने उद्घोष गरेका बस्नेतकै आग्रहमा उनीनिकट सांसद श्रेष्ठले काँग्रेसका सभापतिसमेत रहेका देउवालाई विश्वासको मत दिएको चर्चा चल्न थालेको भनी समाचार लेखेका थिए।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ८ : ५६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने