घरमा बर्गर बनाउने सबैभन्दा सजिलो टिप्स « Khabarhub

घरमा बर्गर बनाउने सबैभन्दा सजिलो टिप्स


६ भदौ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजका युवा पुस्ता र बालबालिकालाई बर्गर निकै मन पर्दछ । पश्चिमी मुलुकबाट सुरु भएको खाजाको परिकारका रुपमा बर्गर भेज र ननभेज दुवै फ्लेवरमा पाइन्छ ।

होटल, रेस्टुरेन्टमा खाने बर्गर घरमै पनि बनाउन सकिन्छ । बर्गर बनाउन केवल केहि सामाग्री जुटाएर यसलाई बनाउने विधि थाहा पाए घरमै सजिलै यसलाई बनाउन सकिन्छ । जुनकुनै फ्लेवरका बर्गरलाई एकै खालका सामग्रीले काम गर्छ, केवल किमा मात्रै फरक चाहिन्छ । कसरी बनाउने त बर्गर ?

सामग्री/प्रतिव्यक्ति
ब्रेड (बर्गर बन) एक पिस
चाइनिज साग एक पत्ता
गोलभेँडा स्लाइस गरेको दुई पिस
प्याज स्लाइस गरेको दुई पिस
काँक्रो स्लाइस गरेको दुई पिस
भेजिटेबल (मसिनो र लाम्चो आकारमा काटेको बन्दा, गाँजर, सिमी) सानो एक बटुका
माइनोज सस एक खाना चम्चा
मिक्स भेज चप गरेको एक बटुका
ननभेज बनाउने हो भने किमा मासु
मैदा एक चिया चम्चा
कर्नफ्लर एक चम्चा
ब्रेडकम एक चम्चा
नुन स्वादअनुसार
टेस्टिङ पाउडर स्वादअनुसार
सोया सस एक चम्चा

– बर्गर बनलाई बिचमा काटेर दुई पिस बनाएपछि फ्राइपेनमा तताउने ।
– चप गरेको मिक्स भेज, मैदा, कर्नफ्लर, बे्रडकम, नुन, टेस्टिङ पाउडर, सोया सस सबै राखेर रोटी बेल्दा आटा मोलेजस्तो गरेर राम्रोसँग मोल्ने ।
– यसलाई हातले हल्का थिचेर बर्गर बनको आकार दिने (यसलाई प्याडी भनिन्छ) र राम्रोसँग पाक्ने गरी फ्राइपेनमा फर्काई–फर्काई तताउने ।
– अब लाम्चो आकारमा चप गरेको भेजिटेबललाई माइनोज सससँग मोल्ने ।
– त्यसपछि यसलाई पनि हातले हल्का थिचेर बर्गर बनको आकार दिने ।
– बर्गर बनको एक पिस लिने र यसमाथि चाङ मिलाउँदै चाइनिज साग, काँक्रो, गाँजर, प्याज लगायत स्लाइस राख्ने ।
– योमाथि माइनो सससँग मोलेर तयार पारेको भेजिटेबल पनि चाङ मिलाएर राख्ने ।
– यसपछि प्याडी राख्ने र बर्गर बनको अर्को पिसले माथिबाट छोप्ने ।
– अब बर्गर तयार भयो ।

प्रकाशित मिति : ६ भदौ २०७८, आइतबार  ११ : ५८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२