घरमा बर्गर बनाउने सबैभन्दा सजिलो टिप्स « Khabarhub

घरमा बर्गर बनाउने सबैभन्दा सजिलो टिप्स


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजका युवा पुस्ता र बालबालिकालाई बर्गर निकै मन पर्दछ । पश्चिमी मुलुकबाट सुरु भएको खाजाको परिकारका रुपमा बर्गर भेज र ननभेज दुवै फ्लेवरमा पाइन्छ ।

होटल, रेस्टुरेन्टमा खाने बर्गर घरमै पनि बनाउन सकिन्छ । बर्गर बनाउन केवल केहि सामाग्री जुटाएर यसलाई बनाउने विधि थाहा पाए घरमै सजिलै यसलाई बनाउन सकिन्छ । जुनकुनै फ्लेवरका बर्गरलाई एकै खालका सामग्रीले काम गर्छ, केवल किमा मात्रै फरक चाहिन्छ । कसरी बनाउने त बर्गर ?

सामग्री/प्रतिव्यक्ति
ब्रेड (बर्गर बन) एक पिस
चाइनिज साग एक पत्ता
गोलभेँडा स्लाइस गरेको दुई पिस
प्याज स्लाइस गरेको दुई पिस
काँक्रो स्लाइस गरेको दुई पिस
भेजिटेबल (मसिनो र लाम्चो आकारमा काटेको बन्दा, गाँजर, सिमी) सानो एक बटुका
माइनोज सस एक खाना चम्चा
मिक्स भेज चप गरेको एक बटुका
ननभेज बनाउने हो भने किमा मासु
मैदा एक चिया चम्चा
कर्नफ्लर एक चम्चा
ब्रेडकम एक चम्चा
नुन स्वादअनुसार
टेस्टिङ पाउडर स्वादअनुसार
सोया सस एक चम्चा

– बर्गर बनलाई बिचमा काटेर दुई पिस बनाएपछि फ्राइपेनमा तताउने ।
– चप गरेको मिक्स भेज, मैदा, कर्नफ्लर, बे्रडकम, नुन, टेस्टिङ पाउडर, सोया सस सबै राखेर रोटी बेल्दा आटा मोलेजस्तो गरेर राम्रोसँग मोल्ने ।
– यसलाई हातले हल्का थिचेर बर्गर बनको आकार दिने (यसलाई प्याडी भनिन्छ) र राम्रोसँग पाक्ने गरी फ्राइपेनमा फर्काई–फर्काई तताउने ।
– अब लाम्चो आकारमा चप गरेको भेजिटेबललाई माइनोज सससँग मोल्ने ।
– त्यसपछि यसलाई पनि हातले हल्का थिचेर बर्गर बनको आकार दिने ।
– बर्गर बनको एक पिस लिने र यसमाथि चाङ मिलाउँदै चाइनिज साग, काँक्रो, गाँजर, प्याज लगायत स्लाइस राख्ने ।
– योमाथि माइनो सससँग मोलेर तयार पारेको भेजिटेबल पनि चाङ मिलाएर राख्ने ।
– यसपछि प्याडी राख्ने र बर्गर बनको अर्को पिसले माथिबाट छोप्ने ।
– अब बर्गर तयार भयो ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ११ : ५८ बजे

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान