११ उपमहानगरमध्ये सबैभन्दा बढी बेरुजु जनकपुरको १२.७८ प्रतिशत « Khabarhub

११ उपमहानगरमध्ये सबैभन्दा बढी बेरुजु जनकपुरको १२.७८ प्रतिशत


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै जनकपुर उपमहानगरको बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालय शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जनकपुर उपमहानगरको बेरुजु १२.७८ प्रतिशत देखिएको हो ।

२ अर्ब ७८ करोड ३६ लाख लेखा परीक्षण रकमबाट सो उपमहानगरले ३५ करोड ५७ लाख रकम बेरुजु देखिएको हो ।

जनपुरपछि जीतपुर समरा उपमहानगरपालिको धेरै बेरुजु देखिएको छ । सो उपमहानगरको २ अर्ब १९ करोड ५३ लाख लेखा परीक्षण रकमबाट १७ करो ९३ लाख रकम बेरुजु देखिएको हो ।

जुन जम्मा लेखा परीक्षण गरिएको रकमको ८.१७ प्रतिशत हो ।

त्यसपछि कलैया उपमहानगरको ४.८० प्रतिशत, हटौँडा उपमहानगरको ४.३८ प्रतिशत, तुल्सीपुर उपमहानगरको ३.७३ प्रतिशत बेरुजु देखिएको छ ।

प्रतिवेदनअनुसार धरान उपमहानगरको ३.३३ प्रतिशत, ईटहरी उपमहानगरको ३.२८ प्रतिशत, घोराही उपमहानगरको २.८१ प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तैगरी धनगढी उपमहानगरको २.७७ प्रतिशत, नेपालगञ्ज उपमहानगरको १.५९ प्रतिशत र बुटवल उपमहानगरको १.५६ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

११ उपमहानगरको ३७ अर्ब ७४ करोड लेखा परीक्षण रकममध्ये यो वर्षको बेरुजु १ अर्ब ५२ करोड ३० लाख रहेको छ ।

त्यस्तै ११ वटै उपमहानगरको हालसम्मको बेरुजु ४ अर्ब ५ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ३ : ०३ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष