उखु किसानको रकम तत्काल भुक्तानी गर्न माग « Khabarhub

उखु किसानको रकम तत्काल भुक्तानी गर्न माग


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– किसान सङ्गठनहरूले समस्या नआउने गरी आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन् । ती सङ्गठनले तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण समेत गराएका हुन् ।

अखिल नेपाल किसान महासङ्घका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष चित्रबहादुर श्रेष्ठलगायत विभिन्न छवटा किसान सङ्गठनले आफैले लगाएको बालीको भुक्तानीका लागि आन्दोलन नै गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराएका हुन् ।

आफैँले उत्पादन गरेको वस्तुको मूल्य आफैँले निर्धारण गर्न नपाउनु, पाए पनि असाध्यै कम पाउनु तथा वर्षौंसम्म मिहिनेतको फल माग्न आन्दोलन नै गर्नुपर्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने उनीहरूको माग छ ।

चिनी मिल तथा अन्य व्यापारीलाई बिक्री गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका लागि दुःखद् कुरा भएको उल्लेख गर्दै उनीहरूले उखु उत्पादक किसानका लागि यस्तो अवस्था आउनु पीडादायक विषय भएको ठहर गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ९ : ३३ बजे

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले