भाजपाका नेता चौथाइवाले नेपालमा, प्रधानमन्त्री देउवासँग भेटवार्ता « Khabarhub

भाजपाका नेता चौथाइवाले नेपालमा, प्रधानमन्त्री देउवासँग भेटवार्ता


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले नेपाल आएका छन् ।

आज दिउसो काठमाडौँ आइपुगेका उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्-

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

चौथाइवालेले आइतबारै कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग पनि भेटवार्ता गरेका छन् ।

भेटमा नेपाल–भारत सम्बन्ध तथा कांग्रेस र भारतीय जनता पार्टीबीच सम्बन्ध विस्तार लगायतका विषयमा कुरानकानी भएको थयो ।

नेपाल भ्रमणका क्रमम उनले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले कांग्रेस नेता महतसँगको भेटबारे पनि सामाजिक सञ्जालमा लेखेका छन्-

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ९ : ३० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा