आस्थाले जोडेको सम्बन्ध विचार मिल्दासम्म जोडिन्छ, नमिले तोडिन्छ : नेतृ चौधरी « Khabarhub

आस्थाले जोडेको सम्बन्ध विचार मिल्दासम्म जोडिन्छ, नमिले तोडिन्छ : नेतृ चौधरी


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेकी सांसद शान्ता चौधरीले आफू नेता माधवकुमार नेपालको पछि लाग्न नसक्ने स्पष्ट पारेकी छिन् ।

एमालेबाट विभाजित भइ नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेका नेता नेपालको पछि नलाग्ने उनले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेकी हुन् ।

उनले माधव नेपालसँगको तस्वीर देखाएर ‘व्यक्तिको दास बन्न मनोवैज्ञानिक दबाब दिने’हरूप्रति पनि कडा टिप्पणी गरेकी छिन् ।

उनले भनेकी छिन्,’ आस्थाले जोडेको सम्बन्ध विचार मिल्दासम्म जोडिन्छ तर विचार नमिलेका दिन तोडिन्छ । विचारको सम्बन्ध र व्यक्तिगत सम्बन्ध अलग कुरा हो , विचार नमिल्दा पनि व्यक्तिगत सम्बन्ध र सम्मान रहिरहन्छ ।’

उनले हिजो गुन लगाउनेको जीवनभर पिछालग्गु हुन पर्थ्यो किन हुन सकिनस् भन्ने चिन्तन पालेकाहरुसँग आफ्नो विमती रहेको जनाएकी छिन् ।

उलने लेखेकी छिन्,’राजनीतिक मुद्दामा बहस चलेका बेला यस्ता गैरमार्क्सवादी तर्क गर्नेसँग मलाई दया लाग्छ । अझै जो जसले व्यक्तिका पछाडि होइन विचारका पछाडि लाग्नपर्छ भनेर अरुलाइ अर्ति दिने गर्दछन् तिनैले यस्ता कुतर्क गरेर सामाजिक सञ्जाल रंगाएको देख्दा त झनै अनौठो लाग्छ ।’

एमालेमा प्रवेश गराउने नेता नेपालकै विरोधमा नेतृ चौधरी उत्रिएको भन्दै केही नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।  १८ वर्ष लामो समय कमलरी जीवन बिताएकी उनलाई नेता नेपालले एमालेमा प्रवेश गराएका थिए।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन्-

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १० : ०५ बजे

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले