पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. समुद्री घोडा

कङ्गारुको जस्तै बच्चा बोक्ने थैली समुद्री घोडाको पनि हुन्छ । फरक भनेको पोथी कङ्गारुको थैली हुन्छ भने भाले समुद्री घोडाको थैली हुन्छ । बच्चाहरु ननिस्किन्जेलसम्म अण्डाहरु भाले समुद्री घोडाले बोकिरहन्छ । वास्तवमा पोथी समुद्री घोडाले भाले समुद्री घोडाको त्यस थैलीमा अण्डाहरु पारेर छोडिराख्छन् ।

२. श्वासप्रश्वास

एक व्यक्तिले एक मिनेटमा औसत रुपले १५ पटक जति सास फेर्ने गर्छ । साह्रै थाकेको या गलेको मानिसले भने एक मिनेटमा ८० पटकसम्म पनि सास फेर्ने गर्छ ।

३. चिया

ईसापूर्व २७३७ मा शासन गर्ने चिनियाँ सम्राट शेन नुङ्ग नै चिया पिउने पहिलो व्यक्ति हुन् । चिनियाँ भाषामा चियालाई Te अर्थात Cha भनिन्छ ।

४. इतिहासका पिता

हेरोडोटसलाई इतिहासका पिता मानिन्छ । उनको जन्म ईसापूर्व ४८५ मा भएको थियो । ६० वर्षको उमेरमा ईसापूर्व ४२५ मा मृत्यु भएको थियो । उनले ग्रीक शब्द Historia चलाएका थिए, जसको अर्थ खोज तलास हुन्छ । उनले ग्रिक र पर्सियन युद्ध अनि पिरामिडका बारेमा लेखेका थिए ।

५. ब्रेल लिपी

ब्रेल लिपी आविष्कारककै नाम लुइस ब्रेलबाट राखिएको हो । उनी ४ वर्षका हुँदा बाबुको वर्कशपमा दुर्घटनावस दृष्टिविहिन हुन पुगे र १५ वर्षकै उमेरमा ब्रेल लिपीको आविष्कार गरे । ब्रेल लिपीबाट दृष्टिविहिनहरुले पढ्ने र लेख्ने पनि गर्छन् ।

साभार  : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : १९ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले