अमेरिकामा एकैदिन एक लाख १२ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति ? « Khabarhub

अमेरिकामा एकैदिन एक लाख १२ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति ?


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ खाल ४३ हजार ८७९ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको तथ्यांकअनुसार सबैभन्दा धेरै अमेरिकामा एक लाख १२ हजार १३५ जना थपिएका छन् । मंगलबार ७३ हजार ६९४ जना संक्रमित थपिएका थिए ।

बेलायतमा ३१ हजार, ५६४, टर्कीमा २९ हजार ३३८ थपिदा भारतमा २७ हजार ३३३ जना संक्रमितको पहिचान भएको छ ।

यसैगरी रुसमा १९ हजार, १७९ जना, इरानमा १७ हजार ५६४, फिलिपिन्समा १६ हजार ३६१, मलेसियामा १५ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ब्राजिलमा भने दैनिक थपिने संक्रमितको संख्या राखिएको छैन ।

यही अवधिमा ८ हजार ५४ जना कोरोना संक्रतिको मृत्यु भएको छ । मृतकको संख्या पनि अमेरिकामा सबैभन्दा धेरै छ । जहाँ एकै दिन एक हजार ८६४ जनाको मृत्यु भएको छ । रुसमा ८१२, ब्राजिलमा ४४८, भारतमा ३८५, इरानमा ३७९, बेलायतमा २०३ जना संक्रमितको मृत्यु भएको छ ।

मंगरबार भने विश्वभर ३ लाख ८१ हजार थपिदा झण्डै साढे ५ हजारको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : ३६ बजे

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन

ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशमाथि ट्रम्पले लगाए १० प्रतिशत ट्यारिफ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका ८ देशमाथि १० प्रतिशत